+
+
Shares

सामाजिक सञ्जाल प्रतिबन्धको असर : गीत रिलिज धमाधम रोक्दै कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले फेसबुक र युट्युबसहितका सामाजिक संजालमा रोक लगाएको छ जसले संगीत र फिल्म क्षेत्रलाई ठूलो प्रभाव पारेको छ।
  • दशैंमा प्रदर्शन तयारीमा रहेको फिल्म 'बलिदान'ले सामाजिक संजाल प्रतिबन्धका कारण 'आमा' गीतको रिलिज स्थगित गरेको छ।
  • गायिका तृष्णा गुरुङले अप्रत्याशित परिस्थितिका कारण नयाँ गीत 'लै बरी' को सार्वजनिक योजना तत्कालका लागि स्थगित भएको सामाजिक संजालमार्फत जनाएकी छन्।

काठमाडौं । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि यसको असर सांगीतिक र फिल्म वृत्तमा देखिन थालेको छ ।

प्रतिबन्धको असरका बाछिटा क्रमशः देखिन थालेका छन् । दशैंमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘बलिदान’ ले ‘आमा’ शीर्षकको गीतको रिलिज स्थगित गरेको छ ।

निर्देशक सन्तोष सेनले सामाजिक सञ्जाल प्रतिबन्ध भएको कारण गीत रिलिज रोक्नुपरेको बताएका छन् । प्रतिबन्ध हटेपछि मात्र गीत सार्वजनिक गर्ने उनको भनाइ छ ।

चर्चित गायिका तृष्णा गुरुङ शुक्रबार नयाँ गीत ‘लै बरी’ सार्वजनिक गर्ने तयारीमा थिइन् । गीतको रिलिज स्थगित भएको र नयाँ मिति चाँडै सार्वजनिक हुने जनाइएको छ ।

‘अप्रत्याशित परिस्थितीको कारण गीत सार्वजनिक योजना तत्काललाई पर सारिएको छ,’ तृष्णाले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।

यसबाहेक केही कलाकार र फिल्मले तत्काल गीत र प्रवर्धन सामग्री सार्वजनिक गर्ने योजना रोकेको खबर छ । यसबाहेक सांगीतिक क्षेत्रका कलाकारले सामाजिक सञ्जालमा रोक लगाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

सरकारले फेसबुक र युट्युबसहितका सामाजिक सञ्जालमा रोक लगाउने निर्णय गरिसकेको छ । नेपाली संगीत रिलिज र प्रवर्द्धन दुई प्रमुख प्ल्याटफर्म नै बन्द हुने भएपछि यसले संगीत र फिल्म क्षेत्रलाई ठूलै धक्का लाग्ने देखिएको छ ।

युट्युब त संगीतको प्रमुख प्ल्याटफर्म हो । यो माध्यममा रिलिज भएपछि मात्र टिकटक र स्पोटीफाईमा गीत सार्वजनिक हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?