
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि भाइबर एप गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ।
- फेसबुक र म्यासेन्जर एप बन्द भएपछि प्रयोगकर्ताले वैकल्पिक एपका रूपमा भाइबर रोजेको देखिएको छ।
- प्ले स्टोरको फ्रि एप सूचीमा भाइबरपछि च्याटजीपीटी, कल एप, इमो र ह्वाट्सएप रहेका छन्।
२० भदौ, काठमाडौं । सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।
२४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण राकुटेन भाइबर म्यासेन्जर शीर्षस्थानमा आएको हो ।
फेसबुक लगायतका सामजिक सञ्जाल नेपालमा दर्ता नभएको भन्दै सरकारले बिहीबार बन्द गर्ने निर्णय गरेको थियो ।
नेपालमा सबभन्दा धेरै प्रयोग हुने फेसबुक र म्यासेन्जर एप चल्न छाडेपछि प्रयोगकर्ताले वैकल्पिक एपका रूपमा भाइबर रोजेको देखिएको छ ।
प्ले स्टोरको फ्रि एपमा भाइबरपछि अहिले क्रमश: च्याटजीपीटी, कल एप, इमो, ह्वाट्सएप रहेका छन् । दर्ता भइसकेका कारण सरकारको निसानामा नपरेको टिकटक पनि शीर्ष एपको छैठौं नम्बरमा छ ।
सूचीमा फेसबुक लाइट तथा फुल भर्सन क्रमश: नवौं र दशौं, म्यासेन्जर एघारौं नम्बरमा छन् ।
प्रतिक्रिया 4