+
+
Shares

कोशीका योजनामन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ११:३३

२१ भदौ, काठमाडौं । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी हुने क्रममा कोशी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ ।

दोस्रो दिनको बन्दशत्रमा सहभागी हुन जाने क्रममा मन्त्री चढेको गाडीले हरिसिद्धि घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको हो ।

गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका थिए । स्थानीयका अनुसार बालिकालाई ठक्कर दिएर मन्त्री चढेको गाडी नरोकी सरासर हिँडेको थियो ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको एमले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनमै जानकारी गराएका थिए ।

दुर्घटना भएपछि स्थानीयले सडक अवरुद्ध गरेपछि उनले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेको आरोपसमेत लगाएका छन् ।

रानाको गाडीले बालिकालाई ठक्कर दिएपछि एमाले विधान महाधिवेशनसमेत केही ढिला सुरु भएको छ ।

दुर्घटना भएको ठाउँमा सडक अवरुद्ध गर्दै स्थानीय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?