
News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेश गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाए ।
- अध्यक्ष ओलीले प्रतिनवेदनमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् ।
- थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने र ७० वर्षे उमेर हद हटाउने प्रवाधानमा फरक मत राखेका छन् ।
२१ भदौ, काठमाडौं । एमालेको विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस गर्न अध्यक्ष केपी शर्मा ओलीले रोक लगाएका छन् ।
महाधिवेशनको हलमा उनले पेस गर्न चाहेका थिए । तर, अध्यक्ष ओलीले हलमा पेश गर्नु पर्दैन समूहमा जानुस् भन्दै रोकेका छन् । विद्यादेवी भण्डारीको पक्षबाट थापाले फरक मत पेश गर्ने तयारी गरेका थिए ।
अध्यक्ष ओलीले प्रतिनवेदनहरूमाथि १० समूहमा छलफल भइरहेकोले त्यही कुरा गर्नुस् भनेका छन् । थापाको प्रतिवेदन महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अब थापाको मतबारे महाधिवेशनको हलमा कुरा नहुने समूहमा कुरा राख्न सक्ने बताए । ‘उहाँलाई समूहमा कुरा राख्नुहोस् भनिएको छ । छलफलमा रोक लगाइएको छैन’ गौतमले भने ।
थापाले विद्यादेवी भण्डारीको सदस्यता रोक्ने, ७० वर्षे उमेर हद हटाउने लगायतका प्रवाधानमा फरक मत राखेका छन् ।
प्रतिक्रिया 4