+
+
Shares

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन्।
  • थापाले नेपालमा गुणस्तरको रोजगारी नहुँदा ५० हजारभन्दा बढीले राम्रो काम पाउन नसकेको उल्लेख गरेका छन्।
  • उनले आजको कांग्रेसले युवालाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुने वातावरण बनाउनुपर्ने बताए।

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउने र त्यो पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

नेपालमा पूर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको उल्लेख गर्दै उनले नयाँ सन्दर्भमा नागरिकका आकांक्षाहरू पनि बढेको बताए ।

नेपालबाट धेरै युवाहरु रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए ।

‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ, थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरूको आकांक्षाहरू पनि बढेको छ, जुन स्वाभाविक हो’ उनले भने, ‘हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् ।’
उनले थपे, ‘म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको दुई लाख बचत गर्छ । कमाई अढाइ लाख छ ।’

तर, नेपालमा भने ५० हजारभन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उनले उल्लेख गरे । ‘मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले ? ४०/५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन ।’

महामन्त्री थापाले लाखौँ मान्छेलाई राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ’ उनले भने, ‘आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले ।’

नेपालका युवाहरुलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँगेस लाग्नुपर्ने उनले बताए ।

‘मेरो लागि सरकारमा बस्नु, टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्योप्रति एउटा विश्वास राख्छु । र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु । र यो सपना पुरा गर्नको निम्ति यो प्रतिवद्ध छ भन्ने भरोसा दिलाउँछु ।’

बीपी कोइरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै थापाले आजको कांग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?