
२१ भदौ, काठमाडौं । कोशी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
नेकपा एमालेको विधान महाविधेशनमा सहभागी हुन आएका प्रदेशमन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धिस्थित घुम्तीमा ११ वर्षीय बालिकालाई ठक्कर दिएको थियो ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडी बालिकालाई ठक्कर दिएर रोक्दै नरोकी हिंडेको थियो । साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएर बालिकालाई ठक्कर दिएको भन्दै आलोचना भइरहेको छ ।
पछि सञ्चारमाध्यममा समाचार आएपछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएको थियो ।
ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीले बालिका ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार गराएर घर फर्किएको जानकारी दिए । ठक्करबाट ठूलो चोट नलागेको र बालिकाको अवस्था सामान्य रहेको उनले बताए ।
प्रतिक्रिया 4