+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कागेश्वरी–८ स्थित गोठाटार सडकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते २०:०८
फाइल तस्वीर

२१ भदौ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ ।

यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा ५ ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैचीच काठमाडौँको सिनामङ्गलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरूष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?