+
एएफसी यू-२३ एसियन कप छनोट :

अग्रता जोगाउन नसक्दा नेपाल सिरियासँग पराजित

२०८२ भदौ  २१ गते २१:१९ २०८२ भदौ २१ गते २१:१९
अग्रता जोगाउन नसक्दा नेपाल सिरियासँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटको समूह 'के'को दोस्रो खेलमा सिरियासँग ४-२ गोलअन्तरले पराजित भयो।
  • नेपालले पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा दोस्रो हाफमा २ गोल गर्दै २-१ को अग्रता लियो तर सिरियाले ३ गोल फर्काएर जित हात पार्‍यो।
  • प्रशिक्षक नवीन न्यौपानेले 'पहिलो हाफमा एक गोल मात्र बेहोरेर दोस्रो हाफमा कमब्याक गर्‍यौं तर लिडलाई अलि कायम राख्न सकेनौं' भनेका छन्।

२१ भदौ, काठमाडौं । पुनरागमनबाट पाएको अग्रता जोगाउन नसक्दा नेपालले ताजिकिस्तानमा जारी एएफसी यू-२३ एसियन कप छनोटमा लगातार दोस्रो हार बेहोरेको छ ।

समूह ‘के’को आफ्नो दोस्रो खेलमा नेपाल सिरियासँग ४-२ गोलअन्तरले पराजित भएको हो । खेलमा १-० ले पछि परेको अवस्थाबाट २-१ को पुनरागमन गरेपनि उक्त अग्रता जोगाउन नसक्दा नेपाल पराजित भयो ।

सिरियाले २-१ ले पछि परेको अवस्थामा ३ गोल फर्काउँदै ४-२ ले नतिजा आफ्नो पक्षमा पार्‍यो ।

खेलको २६औं मिनेटमा मोहम्मद अल मुस्तफाले गोल गर्दै सिरियालाई अग्रता दिलाएका थिए ।

५६औं मिनेटमा निराजन धामी तथा ६६औं मिनेटमा सुमित श्रेष्ठले गोल गरेपछि नेपाल अग्रतामा आएको थियो ।

तर ७२औं मिनेटमा अली अरिनाले सिरियाका लागि बराबरी गोल गरे भने ८१औं मिनेटमा मोहमद अलसवाद र ९०औं मिनेटमा महमुद नायफले गोल गरे ।

खेलपछि नेपालका प्रशिक्षक नवीन न्यौपानेले पहिलो खेलभन्दा धेरै राम्रो खेलेको बताए । ‘पहिलो हाफमा एक गोल मात्र बेहोरेर दोस्रो हाफमा कमब्याक गर्‍यौं तर लिडलाई अलि कायम राख्न सकेनौं’ उनले भने, ‘अनुभवी टिमसँग खेल्दा खेलाडी अलिकति हतोत्साहित भए र केही हाम्रो गल्तीबाट उनीहरूले फाइदा लिए।’

अझै राम्रो एक्सपोजर र प्रशिक्षक पाउन सके बलिया टोलीहरूलाई हराउन सकिने प्रशिक्षक न्यौपानेले उल्लेख गरे ।

यसअघि नेपाल पहिलो खेलमा ताजिकिस्तानसँग ४-० गोलअन्तरले पराजित भएको थियो । आजको हारपछि नेपालको समूहविजेता बन्ने सम्भावना सकिएको छ ।

नेपालले अब यसपछि २४ भदौमा फिलिपिन्ससँग खेल्नेछ ।

एएफसी यू-२३ एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय