+
+
Shares

‘मिसेस नेपाल वर्ल्ड २०२५’का फाइनलिस्ट घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ११:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महेन्द्र पुलिस क्लबमा आयोजित समारोहमा मिसेस नेपाल वर्ल्ड २०२५ का ३० जना फाइनलिस्टको नाम घोषणा गरिएको छ।
  • ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जनाइएको छ।
  • विजेताले अमेरिकामा आयोजना हुने मिसेस वर्ल्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२५’का ३० जना फाइनलिस्टको नाम घोषणा गरिएको छ । महेन्द्र पुलिस क्लबमा आयोजित समारोहमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो ।

ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जनाइएको छ ।

देशका विभिन्न स्थानबाट अडिसनमार्फत छनोट विवाहित महिला पेजेन्टको फाइनलिस्ट घोषित भएका हुन् । आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार गृहिणी, चिकित्सक, इन्जिनियर, व्यवसायी, स्वास्थ्यकर्मी, शिक्षासेवी, फेसन डिजाइनर, नर्स, कर्मचारी, महिला अधिकारवादी, कानुन व्यवसायी, समाजसेवीदेखि पाइलटसम्मका महिलाहरू प्रतिस्पर्धामा छन् ।

यस संस्करणमा चितवनबाट सञ्जु भट्ट, खोटाङबाट इमायुङ राई, सुजाता खनाल, रोजी थापा र चन्द्रकला राई, सर्लाहीबाट कञ्चन झा, ललितपुरबाट श्रीनी ढक्वा, रविना महर्जन, कल्पना विष्ट, कुसुम खड्का र श्रीजना बिष्ट, विराटनगरबाट पुजन ढकाल, सिन्धुलीकी रञ्जना बुढाथोकी छन् ।

यस्तै, काभ्रेपलाञ्चोकबाट अरुणा लामा, नेपालगञ्जबाट एलिना केसी, सुदूरपश्चिमबाट विद्या चौहान, रामेछापबाट निर्मला सुनुवार, लुम्बिनीबाट तारा खनाल र रक्षा पन्त, इटहरीबाट दीपिका तामाङ, तेह्रथुमबाट सुम्निमा खापुङ, कीर्तिपुरबाट बिनिता अधिकारी छन् ।

नवलपरासीबाट गंगा लामिछाने, स्याङ्जाबाट विष्णु भण्डारी, मकवानपुरबाट सरस्वती विश्वकर्मा, काठमाडौंबाट सजनी जोशी, सुमिना महर्जन र विष्णु तिमिल्सिना, भक्तपुरबाट सुभाना रोक्का, झापाबाट करुणा श्रेष्ठ अन्तिम प्रतिस्पर्धाका लागि छनोट छन् ।

सो अवसरमा गीतसंगीत र नृत्यसमेत प्रस्तुत गरिएको थियो । सो अवसरमा विद्यार्थी कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने गायक तथा संगीतकार ओम सुनार र लोकप्रिय गायिका तथा कार्यक्रम प्रस्तोता जुनु रिजाल काफ्लेले गीत प्रस्तुत गरे । विजेताले अमेरिकामा आयोजना हुने ‘मिसेस वल्र्ड २०२५’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?