+
+
Shares

एभरेस्ट बैंक सीईओमा सुदेश खालिङको दोस्रो कार्यकाल

बैंक सञ्चालक समितिले खालिङलाई नै दोहोर्‍याउँदै आगामी ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १६:२०

२२ भदौ, काठमाडौं । एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ दोहोरिएका छन् ।

बैंक सञ्चालक समितिले खालिङलाई नै दोहोर्‍याउँदै आगामी ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।

एभरेस्ट बैंकमा पहिलो नेपाली सीईओका रूपमा प्रवेश गरेका खालिङको कार्यकाल पुनः थप भएको हो । पञ्जाब नेसनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेस्ट बैंकमा यसअघि भारतीय नागरिकहरू नै सीईओ नियुक्त हुने गरेका थिए ।

बैंक सञ्चालक समितिले खालिङलाइ थप एक कार्यकाल अर्थात् आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । उनी विगतमा लक्ष्मी बैंकको सीईओ भइसकेका हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा समेत बसिसकेका खालिङले बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेका छन् ।

लक्ष्मी बैंकको सीईओ हुनु अगाडि उनी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?