+
+
Shares

सिटी होटलको हकप्रद सेयर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटी होटलले १ अर्ब ३३ करोड रुपैयाँ जुटाउन ८० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ।
  • हकप्रद सेयरमा आवेदन असोज १२ गतेसम्म दिन सकिने प्रभु क्यापिटलले जनाएको छ।
  • हकप्रदबाट संकलित रकम बैंकको ऋण तिर्न प्रयोग गरिने छ।

२३ भदौ, काठमाडौं । सिटी होटलको हकप्रद सेयरमा आज सोमबारदेखि आवेदन खुलेको छ ।

कम्पनीले १ सय बराबर ८० का दरमा हकप्रद सेयर निष्कासन गरेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत रकम १ अर्ब ३३ करोड रुपैयाँ हकप्रद सेयरबाट जुटाइने कम्पनीले जनाएको छ ।

साउन २६ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्ने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार असोज १२ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

हकप्रदबाट संकलन भएको १ अर्ब ३३ करोड रुपैयाँ बैंकको ऋण तिर्न परिचालन गर्ने भएको छ । कम्पनी नोक्सानीमा छ । गत आर्थिक वर्ष कम्पनीले २४ करोड ९० लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । असार मसान्तसम्म कम्पनीको दीर्घकालीन ऋण ३ अर्ब २४ करोड रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ८० रुपैयाँ ८३ पैसा छ । हाल बजार मूल्य ५९३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?