+
+
Shares

जेनजी प्रदर्शनले संसदीय समितिको बैठक प्रभावित

जेनजीको प्रदर्शनका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ११:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजीको प्रदर्शनका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक प्रभावित भएको छ।
  • सिंहदरबारमा सांसदहरूलाई समयमै पुग्न नसक्दा बैठक सुरु हुन सकेको छैन।
  • राज्य व्यवस्था समितिमा नेपाल प्रहरी विधेयक र शिक्षा स्वास्थ्य समितिमा स्वास्थ्यसम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ।

२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक प्रभावित भएको छ ।

सांसदहरूलाई बैठकमा सहभागी हुन सिंहदरबार आइपुग्न समय लागेका कारण बैठक प्रभावित भएको हो ।

बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको थियो । तर समितिको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभा अन्तर्गतकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि समयमै सुरु हुन सकेको छैन ।

राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची छ ।

यसैगरी शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्यसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?