
२३ भदाै, विराटनगर । सुनसरीको इटहरीमा पनि प्रहरीले गोली चलाएको छ ।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएको आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो ।
इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शनकारीलाई लक्षित गरी हवाइ फायर गरेको हो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज पनि गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इटहरी चोकको प्रदर्शन अनियन्त्रित बनेपछि हवाइफायर र लाठी चार्ज भएको हो ।
उनका अनुसार अवस्था नियन्त्रणका लागि स्थानीय प्रशासनले इटहरी क्षेत्रमा कर्फ्यू आदेश जारी गर्ने तयारी गरेको छ ।
‘हवाइफायर र अश्रग्यास प्रहार भएको छ, लाठी चार्ज पनि भएको छ,’ उनले भने,‘ स्थीति अनियन्त्रित भए कर्फ्यू आदेश जारी गर्छाैं ।
प्रहरी अवरोधबीच पनि प्रदर्शनकारीहरू इटहरी उपमहानगरपालिका कार्यालयभित्र प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4