
२३ भदौ, काठमाडौं । जेनजीको प्रदर्शनमा रिपोर्टिङ गर्न गएका चार पत्रकार घाइते भएका छन् ।
प्रहरीले प्रहार गरेको छर्रा र रबरको गोली लागेर चार पत्रकार घाइते भएका हुन् ।
घाइते हुनेहरुमा कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगाना, नेपाल प्रेसडटकमका फोटो पत्रकार उमेश कार्की र पत्रकार शम्भु दंगाल घाइते भएका छन् ।
घाइते दंगालको ट्रमा सेन्टरमा उपचार भएको छ । अन्यको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका छन् । सोही प्रदर्शनका रिपोर्टिङ गर्न गएका उनीहरु घाइते भएका हुन् ।
आजको प्रदर्शनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ । एक सय बढी घाइते भएका छन् ।
प्रतिक्रिया 4