+
+
Shares

नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ : राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले फेसबुकमा लेख्दै वर्तमान राजनीतिक सन्दर्भमा नेपाली भएकोमा लाज महसुस गरेको बताए।
  • उनले युवालाई आशालाग्दो भविष्य दिन नेतृत्व असफल भएको र वर्तमान समेत खोसिएको उल्लेख गरे।
  • हमालले जेनजीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि यस्तो टिप्पणी गरेको खुलाए।

काठमाडौं । अभिनेता राजेश हमालले वर्तमान राजनीतिक सन्दर्भमा टिप्पणी गर्दै नेपाली भएकोमा आफूले लाज महसुस गरिरहेको बताएका छन् ।

फेसबुक पोस्टमार्फत उनले युवालाई आशालाग्दो भविष्य दिन नेतृत्व असफल भएको बताएका छन् ।

हमाल लेख्छन्, ‘ हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौ, उनीहरुको वर्तमान समेत खोसिरहेका छौं । म विदेश यात्रा गर्दैछु । नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ ।’

राजनीतिक र सामाजिक मुद्दामा कमै टिप्पणी गर्ने हमालले सोमबार फेसबुकमार्फत यस्तो बताएका हुन् । जेनजीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि हमालको यस्तो टिप्पणी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?