
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा एउटै शान्तिपूर्ण प्रदर्शनमा यति धेरै मानिस मर्ने घटना पहिलो पटक भयो र सरकारको नीति र संयमता प्रश्नमा छ।
- जेनजी युवाहरुले भ्रष्टाचार विरोध, विकृति विंगसगति र सामाजिक सञ्जाल बन्दजस्ता तीन मुख्य माग राखेका थिए र सरकारले संवेदनशीलता देखाएन।
- सरकारले सामाजिक सञ्जाल बन्द गर्दा मानवीय संवेदनशीलता नदेखाएको र कर्मचारीतन्त्रको पराकाष्टा भएको भन्दै तत्काल जिम्मेवारी लिनुपर्ने अवस्था आएको छ।
नेपालको राजनीतिक इतिहासमा दु:खदायी घटना घट्यो । एउटै स्थानमा एउटै शान्तिपूर्ण प्रदर्शनमा यति धेरै मानिस मरेको इतिहासमा हाम्रोमा छैन । यो भन्दा ठूल्ठूला आन्दोलन भएका छन् । ती बेलामा पनि गोली चलेका छन्। ती बेलामा पनि गोली चले । तर यति संख्यामा मृत्यु भएको एउटै घटनामा थिएन । यो कस्तो खालको सरकारको नीति हो ? कसरी त्यो गोली चलाको होला ? त्यसका पनि सिमाना हुन्छन् । त्यो सिमाना नाघेको देखियो, सिमानामा बसेको देखिएन ।
किन यस्तो भयो त्यो थाहा छैन । म फिल्डमा त थिइनँ तर बाहिरै बसेर आन्दोलनलाई हेरेँ । अत्यन्तै भयावह र दु:खदायी घटना भयो । राजनीतिमा अथवा सरकारको बारेमा विरोध हुनु, प्रदर्शन हुनु हामीले अपनाएको प्रणालाम स्वाभाविक हो । यस्तो चल्छ । तर यस्तो प्रणालीमा राज्यले संयमता अपनाउनुपर्छ । सरकारले जुन संयमता र एउटा सचेतना राख्नु पर्थ्यो त्यो कत्ति पनि देखिएन ।
प्रदर्शनकारीहरु नयाँ-नयाँ पुस्ताका थिए। नयाँ पिंढीका युवाहरु स्व:स्फूर्त रुपमा आएका थिए । कसैको नेतृत्व, कसैको चाही लगाम, कसैको निर्देशन त्यहाँ हुने कुरा भएन । त्यसले गर्दा अलिकति उत्तेजित भएर गएको पनि देखियो। तर यो त प्रदर्शनकारीभन्दा पनि सरकारको जिम्मेवारी हो । आन्दोलनको अवस्था अनुसार सरकारले जिम्मेवार पुरा गर्नुपर्थ्यो । सरकारले यो जिम्मेवारी पुरा गर्न नसकेको प्रष्ट देखियो।
सरकारलाई बाहिर र मिडिया सबैले भनिराखेका थियौं यो मात्र होइन विगत केही अघि देखिकै सरकारहरु अलोकप्रिय भइरहेका थिए । नागरिकहरुको सरकारमाथिको भरोसा र विश्वास टुट्दै गएको थियो।
राजनीतिक दलहरु अलोकप्रिय भइराखेको अवस्था छ । अब यस परिस्थितिको कसरी मूल्यांकन गरेका थिए सत्तामा बस्नेहरुले, पार्टी चलाउनेहरुले ? स्थितीप्रति पटक्कै संवेदनशील भएको देखिँदैन ।
आफ्नो अलोकप्रियता हदैसम्म पुगिसकेको छ भन्ने कुराको आभास सरकारमा बसेका मान्छे र पार्टी चलाउने मानिसहरूले महसुस गरेको देखिँदैन । यो गैरजिम्मेवारीको हद नाध्दा फेरि यस्तो घटना हुन आयो । यसलाई रोक्न सक्ने उपायहरु उपायहरु थिए । त्यसमा ध्यान दिएको पाइँदैन ।
अहिले समाचाहरू फलो गर्दा जेनजी युवाहरुले तीनटा मुख्य मागहरु राखेको देखेँ । एउटा, भ्रष्टाचार विरोधी कुरा थियो । दोस्रो, विकृति विंगसगतिको कुरा थियो । तेस्रो, सामाजिक सन्जाल बन्दसम्बन्धी थियो । सुरुमा सामाजिक सन्जालमाथि प्रतिबन्धको कुरा मात्रै होला भन्ने थियो । पछि आयो ‘नेपोबेबी’ ।
यो सब कुरामा युवाहरू हेरिरहेका थिए, कहाँ के के भइराखेको छ भनेर । सरकार चलाउने मान्छे त यस्तो कुरामा सतर्क र सूचित भएर बस्नु पर्छ नि । यो आन्दोलन आजको आजै भएको त हैन नि । अस्ति बन्द आह्वान गरेर आज यतिकै निस्किएको जस्तो मलाई लाग्दैन ।
जेनजी युवाहरुको जुन सर्कल छ, यो सोसल मिडियामा खेलिरहने सर्कल हो । उनीहरुले बीचमा तयारी गरे होलान् । यस्तो कुराको जानकारी त सरकारले राख्न सक्नु पर्छ ।
यत्रो घटना भएको छ । जुन किसिमको माहोल देशव्यापी हुँदैछ, यसको प्रभाव यस्तो पर्न सक्छ भनेर पूर्वानुमान सरकारले गर्न सकेको देखिएन । त्यसकारण यो सरकारको नालायकीपनको हद भयो । यति संवेदनशील विषयमा अब कुन नैतिक आधारमा सरकारमा बसिरहने ? यो सामान्य घटना होइन ।
१९ जनाको मृत्यु हुँदा व्यवस्था नै परिवर्तन भएको थियो २०६२/०६३ सालको जनआन्दोलनमा । त्यो घोषित थियो । आन्दोलनकारीको व्यवस्था बदल्ने घोषित नीति थियो । अहिले प्रदर्शनकारीको त्यो व्यवस्था बदल्ने घोषित नीति नभएर केही कुराहरुमा उनीहरुका तीब्र प्रतिक्रिया देखिन्छ । एउटा भ्रष्टहरूले शासन गरे भन्ने देखिन्छ । यो आवाज प्रखर देखिन्छ ।
अब यसको निकास भनेको सरकारले जिम्मेवारी लिनुपर्छ । सरकारले जिम्मेवारी लिने भनेको प्रधानमन्त्रीदेखि संलग्न सबैले जिम्मेवारी लिने हो ।
सर्वोच्च अदालतको एउटा निर्देशन देखाएर सामाजिक सञ्जाल बन्द गरेर यो तहको क्षति निम्त्याउनु कर्मचारीतन्त्रको पनि पराकाष्टा हो । कानुन बनाउनु छैन, संसद चलिराखेको छ।
संसद् हाई काढेर गरेर बस्ने, सांसद हाजिर गरेर दगुर्ने अनि कानुन नबनाउने होइन नि । सर्वोच्च अदालतले कानुन बनाउन भनेको हो, आदेश जारी गरेर काम गर भनेको त होइन । त्यसकारण कर्मचारीतन्त्र हावी भयो ।
मानवीय संवेदनशीलता पनि प्रत्यक्ष नभएको देखिन्छ । किनभने नेपाली समाज, नेपाली जनता र भ्रष्टाचारको विषय फेसबुक र मेसेन्जरमा व्यापक रुपमा देखिएको छ । ४०/५० लाख मानिस देश बाहिर छन्, तिनका परिवार छन् । सामाजिक सञ्जालले तिनका परिवारहरु जोडिरहेका छन् ।
यसकारण सरकारले सामाजिक सञ्जाल बन्द गर्दा यो ख्याल गरेन । अहिले हामी खुला समाजमा छौं । यो व्यवस्थामा सोसल मिडिया चलाउने कम्पनीले टेरेनन् भन्दैमा झ्याप्पै बन्द गरेर चल्न सक्दैनथ्यो ।
त्यसैले अब जिम्मेवारी लिनेले तत्काल जिम्मेवारी लिनुपर्छ । त्यस्तो किसिमको अन्धाधुन्ध गोली चल्ने अवस्था त्यहाँ कसरी सिर्जना भयो ? यो घटना माइतीघरमण्डला देखि बानेश्वर संसद भवनको ठाउँसम्म हो । एक किलोमिटरको दूरीको ठाउँमा यत्रो बिधिका मानिसको हत्या हुने अवस्था किन पर्यो ? यसको जवाफ चाहिन्छ ।
(कुराकानीमा आधारित)
प्रतिक्रिया 4