+
+
Shares

पोखरामा अनिश्चितकालीन निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ९:४६
पोखरामा निषेधाज्ञा जारी भएपछि माइकिङ गर्दै प्रहरी ।

२४ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान आठ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शहीदचोक आसपास र गण्डकी प्रदेश सभा आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेकी हुन् ।

निषेधाज्ञा अवधिभर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

यदि त्यसको अवज्ञा गरेमा जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी जिल्ला प्रशासन कार्यालय कास्कीले दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?