
२४ भदौ, काठमाडौं । कानुन न्यायत तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया राजीनामा दिनेबारे आन्तरिक छलफलमा छन् । मन्त्री चौरसिया सिंहदरबारमा आन्तरिक छलफलमा रहेका हुन् ।
केहीबेरअघिसम्म कृषिमन्त्री रामनाथ अधिकारी पनि छलफलमा थिए । ‘कृषिमन्त्री छलफलबाट बाहिरिनुभयो र राजीनामाको घोषणा गर्नुभयो । कानुनमन्त्री छलफलमा हुनुहुन्छ । नेताहरूसँग पनि कुरा गर्दै हुनुहुन्छ । राजीनामाबारे केही बेरमा निर्णय आउँछ’ सचिवालयका एक सदस्यले भने ।
कांग्रेसका शेखर कोइरालाले आफू निकट नेताहरूलाई राजीनामा दिन भनेका छन् । त्यसपछि कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4