+
+
Shares

वार्ता र संवादबाट जेनजीको माग सम्बोधन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

मंगलबार पूर्वराष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, जिम्‍मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई यस्तो आग्रह गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाहरूको मागप्रति संवेदनशील भई वार्ता र संवादमार्फत समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन्।
  • उनीहरूले नेपाल सरकार, जिम्मेवार राजनीतिक दलहरू र सरोकारवालाहरूलाई यथाशीघ्र वार्ता गर्न आह्वान गरिन्।
  • भण्डारीले जेनजी प्रदर्शनमा घाइते भएकाहरूको नि:शुल्क र गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइन्।

२४ भदौ, काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनरत युवाहरू (जेनजी)को मागप्रति संवेदनशील भई वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न सरकारसँग आग्र गरेकी छिन् ।

मंगलबार पूर्वराष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, जिम्‍मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई यस्तो आग्रह गरेकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ ..नवपुस्ताको भावना र मर्मलाई हामी सबैले गम्भीरतापूर्वक आत्मसाथ गर्न आवश्‍यक छ भन्‍ने मेरो दृढ विश्वास छ। तसतसर्थ, नेपाल सरकार, जिम्‍मेवार राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दीगो समाधान खोज्न हार्दिक आह्वान गर्दछु।’

यस्तै जेनजीको प्रदर्शनका क्रममा घाइते भएकाहरूको नि:शुल्क एवं गुणस्तरीय उपचार सुनिश्चित गर्न सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण समेत उनले गराएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?