+
+
Shares

सरकारको दमनविरुद्ध नेविसंघ सडकमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १२:२२

काठमाडौं । सरकारले जेन-जी आन्दोलनमा गरेको दमनविरुद्ध सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ सडकमा उत्रिएको छ ।

त्रिचन्द्र कलेज अगाडि नेविसंघ नेता तथा कार्यकर्ताहरूले सडकमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपाली कांग्रेसलाई सत्ता छाड्न चेतावनी दिएका छन् ।

त्रिचन्द्र स्ववियु अध्यक्ष तथा नेविसंघका नेता गोविन्द कोइरालाले सरकारले गरेको ज्यादतीका विरुद्ध सडकमा होमिएको बताए ।

‘नेपाली कांग्रेस सरकार छोड’, ‘अपराधको भागिदार नबन’, ‘सरकारको हात रातो छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

हिजो भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसभित्र सत्ता छोड्न चर्को दबाब पर्दै आएको छ ।

भ्रातृ संगठनका नेता तथा कार्यकर्ताहरूले आफ्ना मन्त्रीहरूलाई फिर्ता लिन र सरकारको समर्थन फिर्ता लिन दबाब दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?