+
+
Shares

कोशी प्रदेशसभा भवनमा आन्दोलनकारीले लगाए आगो

कोशी प्रदेशसभा भवनमा आगलागी भएको छ । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा प्रवेश गरेर आगजनी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशसभा भवनमा कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीले आगजनी गरेका छन्।
  • आन्दोलनकारीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र गाडी आगजनी गरेका छन्।
  • प्रदेश प्रमुखको कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय र आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी भएको छ।

२४ भदौ, विराटनगर। कोशी प्रदेशसभा भवनमा आगलागी भएको छ । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीले कोशी प्रदेशसभा भवनमा प्रवेश गरेर आगजनी गरेका हुन् ।

आगजनीका कारण प्रदेशसभा बैठक भवन जलिरहेको छ । सुरक्षाकर्मी प्रदर्शनकारीको सामू निहिर भएर फर्किएका छन् ।

जेनजी आन्दोलनकारीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङको सरकारी निवासमा तोडफोड र एउटा गाडी आगजनी गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा पनि आगजनी भएको छ ।

त्यस्तै नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा प्रदर्शनकारीले आगजानी गरेका छन्।

ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?