
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित घर प्रदर्शनकारीहरूले जलाइदिएका छन्।
- सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, पार्टीका शीर्ष नेताको घर र कार्यालयमा प्रदर्शनकारीहरूले आगो लगाइरहेका छन्।
- संसद् भवन परिसरमा प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् र आगजनी जारी छ।
२४ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर पनि प्रदर्शनकारीहरूले जलाइदिएका छन् ।
उनको भंगालस्थित घरमै पुगेर जेनजी प्रदर्शनकारीहरूले घर जलाइदिएका छन् । उनको घर लगभग सबै जलेको छ ।
राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले रेट्रोफिटिङ गरेर उक्त घरमा सरेकी थिइन् ।
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।
संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् ।
अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4