
२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको मेसो पारेर पू्र्वराजा समर्थितले पोखराको पृथ्वीचोकको सहिद लखन थापाको शालिक ढालेका छन् ।
उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो ।
दोस्रो जनआन्दोलनमा यहाँको पृथ्वीनारायणको शालिक ढालिएको थियो । गणतन्त्र आगपछि सहिद लखन थापाको शालिक राख्दै शहिद चोक नामाकरण गरिएको थियो ।
पछि पनि पटक पटक यहाँ कसको शालिक राख्ने भन्ने चलिरहन्थ्यो ।
अहिले जेनजी आन्दोलनको मौका छोपेर शहिद लखन थापाको शालिक ढालेर पृथ्वीनारायणको प्रतिमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4