+
+
Shares

नख्खु जेलबाट निस्किए संजय टकला

जेनजीको आन्दोलन उग्र भएपछि रास्वपा सभापति रवि लामिछानेसहित सबै कैदी निस्किएपछि उनी पनि निस्केका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते २१:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरका पूर्वराज्यमन्त्री संजयकुमार साह टकला ललतिपुरको नख्खु जेलबाट निस्केका छन्।
  • संजयकुमार साह १२ वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका थिए र उनीमाथि २०६९ साल बैशाख १८ गतेको बम विष्फोट घटनाको मुख्य अभियुक्त रहेको आरोप छ।
  • साहले आफू निर्दोष रहेको दावी गर्दै सामाजिक संजालमा जेनजी आन्दोलनको प्रशंसा गरेका छन् र न्याय प्रणालीमाथि आपत्ति जनाएका छन्।

२४ भदौ, जनकपुरधाम। जनकपुरका पूर्वराज्यमन्त्री संजयकुमार साह टकला ललतिपुरमा रहेको नख्खु जेलबाट निस्केका छन् ।

जेनजीको आन्दोलन उग्र भएपछि रास्वपा सभापति रवि लामिछानेसहित सबै कैदी निस्किएपछि उनी पनि निस्केका हुन्।

उनी १२ वर्षदेखि जेलमा जन्मकैदको सजाय भोगिरहेका थिए। उनी जनकपुरबाट तत्कालीन मधेशी जनत अधिकार फोरमबाट समानुपातिक र पछि सदभावना पार्टीबाट संविधान सभा सदस्यमा दुईपटक निर्वाचित भएका थिए।

उनीमाथि २०६९ साल बैशाख १८ गते जनकपुरको रामानन्द चौकमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोट घटनाको मुख्य अभियुक्त रहेको अभियोग छ।

यस्तै जनकपुरका रेडियो टुडेका संचार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकारको अभियोग छ।

जेलबाट निस्किएपछि साहले आफू निर्दोष रहेको दावी गरेका छन् । सामाजिक संजाल मार्फत् जेनजीको आन्दोलनको प्रंशास गर्दै आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

दलको आडमा न्यायधीशहरुले निर्दोशलाई दोषी र दोषीलाई निर्दोश सावित गरेर जेल हाल्ने गरेको घटना क्रमकै आफू पनि सिकार भएको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?