
बिर्ता कारागार ।
२५ भदौ, काठमाडौं । रौतहटको गौर कारागारबाट २३३ कैदि भागेका छ्न् भने पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको कारागारबाट भाग्ने प्रयास जारी राखेका छन् ।
मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मिले पक्राउ गरेको छ । कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।
भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।
यता बिर्ता कारागारमा सुरक्षाकर्मीसँग झडप भइरहेको छ । झडप भइरहेको बेला नेपाली सेनाको टोली पुगेको छ ।
सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4