
२५ भदौ, काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
नेपाली सेना लगायतका अन्य सुरक्षा निकायहरू परिचालन भएपछि पनि आज बिहान १० बजेबाट भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका हुन् ।
त्यस्तै, डिल्लीबजार–नारायणथा क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले २ लाख ३२ हजार ५ सय रुपैयाँ सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली सेनाले जानकारी दिएको छ । उक्त रकम बरामद भएको पनि छ ।
त्यस्तै, सुरक्षाकर्मीबाट लुटिएका हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4