
२५ भदौ, काठमाडौं । रसुवा कारागारबाट सबै कैदीबन्दी फरार भएका छन् ।
कारागारमा रहेका सबै ९८ जना कैदी तोडफोड गरेर भागेको रसुवा कारागारका जेलर कैलाश देवकोटाले बताए ।
यसरी भाग्ने मध्ये कुख्यात अपहरणकारी भारतीय नागरिक उदय सेट्टी पनि छन् । उनीमाथि अपहरण र व्यक्ति हत्याको मुद्दामा कारागारमा थिए ।
उनले अझै २ वर्ष कैद भुक्तान गर्न बाँकी नै थियो । त्यसपछि पनि अन्य ठाउँहरूमा मुद्दा रहेकोले प्रहरीले रसुवाबाट छुटेपछि लाने बताउँदै आएको थियो ।
जेनजीको प्रदर्शनका क्रममा अन्य कारागारबाट धमाधम कैदीहरू भाग्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4