
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजीको आन्दोलनपछि सुदूरपश्चिमका सीमा नाकामा कडाइ गरी नेपाली परिचयपत्र र भारतीय आधार कार्ड अनिवार्य गरिएको छ।
- सुदूरपश्चिमका आठ जिल्लाका करीब १४ सय कैदीबन्दी भागेका कारण सुरक्षाकर्मी परिचालन गरी नाकामा कडाइ गरिएको छ।
- सीमाना बाहेकका क्षेत्र सामान्य छन् भने धनगढी लगायतका सहरी क्षेत्रमा नेपाली सेना परिचालन भएर सडक सुनसान छ।
२५ भदौ, धनगढी।जेनजीको आन्दोलनपछि भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको छ।
कैलालीको गौंरीफन्टा र कञ्चनपुरको गड्डाचौकी लगायतका सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको हो।
अहिले भारतबाट फर्किने नागरिकलाई नेपाली परिचयपत्र अनिवार्य गरिएको छ भने भारततर्फ जानेको हकमा पनि भारतीय आधार कार्ड लगायतका कागजपत्र अनिवार्य गरिएको छ ।
रोजगारीका लागि भारत जान गौरीफन्टा नाका पुगेका कैलालीको गौरीगंगा नगरपालिकाको बनबेहडाका रोशन साउदले आधार कार्ड नभएका कारण नाकाबाट प्रवेश गर्न नपाएको बताए।
‘काम गर्न भारत जादैछु। भारतीय आधार कार्डको फोटोकपी देखाए तर सक्कल नै चाहिन्छ भनेपछि जान पाएको छैन्,’ उनले भने, ‘जान दिन्छ कि भनेर आग्रह गर्दैछौं।’
भारतबाट फर्किएका अछामका बाली भूलले समान्य समयभन्दा चेकजाँचमा कडाइ गरेको पाइएको बताए।उनका अनुसार भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीले नेपाली परिचयपत्र देखाएपछि मात्र आउन दिएका थिए।
नेपाल प्रहरीकाअनुसार कैलालीसहित सुदूरपश्चिमका ८ जिल्ला कारागारका करीब १४ सय कैदीबन्दी भागेका छन्।उनीहरूलाई पक्राउ गर्नका लागि सुरक्षाकर्मी परिचालन भएका छन्।
सीमानाकाबाट भाग्न सक्ने आशंकामा नाकामा चेकजाँच बढाइएको हो। नाकामा चेकजाँच बढाएपछि भारतबाट फर्किने र भारत जाने सर्वसाधारणले भने सास्ति खेप्नुपरेको छ।
नेपालका निषेधाज्ञा र कर्फ्यू लागेका कारण भारतबाट फर्किनेहरू भने बाटोमै अलपत्र परेका छन्।सीमानाका बाहेकका क्षेत्रको अवस्था भने समान्य रहेको छ।
नेपाली सेना परिचालन भएकाले धनगढी लगायतका सहरी क्षेत्र सुनसान छ। अहिले सडकमा नागरिकहरूको आउजाउ देखिएको छैन।
प्रतिक्रिया 4