
२५ भदौं, काठमाडौं। नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गतेस)सम्म कर्फ्यू आदेश जारी गरेको छ ।
बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको धनजनको सुरक्षाको लागि भन्दै सेनाले कर्फ्यू आदेश जारी गरेको हो ।
सैनिक जनसम्पर्क कार्यालयका अनुसार भाद्र २६ गते अर्थात बिहीबार विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
यस्तै भदौ २६ गते बिहीबार बेलुकी ७ बजेदेखि भदौ २७ गते शुक्रबार बिहान ६बजेसम्म कर्फ्यू आदेश जारी गरेको सेनाले जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्यूको दौरानसमेत अत्यावश्यक सेवाका सवारी साधनहरू सञ्चालन गर्न सकिनेछ । जसमा एम्बुलेन्स, शव बाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपोसार गर्ने गाडी रहेका छन् ।
हेर्नुहोस् सेनाको विज्ञप्ति :
प्रतिक्रिया 4