
फाइल तस्वीर
२६ भदौ, काठमाडौं । नेपालमा फसेका भारतीय र भारतमा फसेका नेपालीको यात्रा सहजीकरणका लागि भारतीय वायुसेवा कम्पनी इन्डिगोले बिहीबार दुई चार्टर उडान राखेको छ ।
यसबाहेक इन्डिगोले दैनिक चार नियमित उडान समेत आजका लागि निर्धारण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आज इन्डिगोले नियमित उडान बाहेक दुई चार्टर उडान राखेको छ ।
नेपालमा सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनपछि बुधबार मात्र हवाई यातायात खुला भएको हो । सडक यातायात सुचारु हुन सकेको छैन । यससँगै नेपाल–भारत मैत्री बस सेवा समेत रोकिएको छ । उता, भारतीय सेनाले नेपालबाट स्थलमार्ग हुँदै भारत प्रवेशमा समेत रोक लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4