+
+
Shares

बिहीबार एकैदिन १४१ एनओसी जारी, अनलाइनबाट सेवा

कार्यालय प्रमुख वस्ती भन्छन्– शनिबार पनि काम गर्न तयार छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १०:३६
अध्ययनका लागि विदेश जाने प्रयोजनका लागि एनओसी लिनेहरु । फाइल फोटो

२७ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार एकैदिन १४१ वटा एनओसी जारी गरेको छ । विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई मन्त्रालयको सानोठिमीस्थित शाखाले एनओसी जारी गरेको हो ।

शाखा प्रमुख वासुदेव वस्तीका अनुसार १४१ एनोसी जारी गरेको, ८ वटा पुरानो रद्द गरेको र एउटा प्रोभिजनल एनओसी दिइएको छ । ‘कसैको शुल्क तिर्नुपर्ने हुन्छ । पैसा खर्च गरेर पढ्न जान लागेको हुन्छ । एनओसीका कारण विद्यार्थीलाई असहज नहोस् भनेर काम गरिरहेका छौँ,’ उनले भने ।

शाखाले ४६९ वटा सत्यापन र २५८ वटा एनओसी कागजात नपुगेर रद्द गरेको छ । हिजो बेलुका ८ बजेसम्म अनलाइनमा एनओसीका लागि ११८ जनाले आवेदन दिएका छन् ।

शाखाले अनलाइनबाट काम गरिरहेको छ । ‘आवश्यक पर्‍यो भने अतिरिक्त समय दिएर काम गर्छौं । विद्यार्थीलाई असर नपर्ने गरी छिटो सेवा दिइरहेका छौँ । शनिबार पनि काम गर्न तयार छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?