+
+
Shares

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १५:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ को घटनाका लागि दमन र भ्रष्टाचार विरुद्ध फरक–फरक दुई शक्तिशाली आयोग बनाउनुपर्ने पक्षमा रहेको बताउनुभयो।
  • दुई दिनको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने दोस्रो दिन प्रदर्शनमा सरकारी संरचना र निजी सम्पत्तिमा आगलागी गरिएको थियो।
  • दुई दिनमा भएका घटनाको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ र कांग्रेसले छुट्टाछुट्टै आयोग बनाउन प्रतिवद्धता जनाएको छ।

२७ भदौ, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ घटना र भ्रष्टचार विरुद्धमा फरक– फरक दुई शक्तिशाली आयोग बनाएर जाने पक्षमा रहेको बताएका छन् ।

महामन्त्री थापाले सामाजिक सञ्जालमा पार्टीको धारणा राख्दै भने, ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ ।’

दुई दिनको प्रदर्शनमा प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जेनजीले गरेको पहिलो दिनको प्रदर्शनमा २१ जनाको मृत्यु भएको थियो । दोस्रो दिन (भदौ २४ मा) अन्य थपको मृत्य भएको हो ।

दोस्रो दिनको प्रदर्शनमा सरकारी संरचना, दलका नेताको निवास, उद्योगी व्यवसायीको निवास तथा पसलमा आगलागी गरिएको थियो ।

दुई दिनमा भएका घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । कांग्रेस महामन्त्री थापाले अघिल्लो प्रदर्शनका क्रममा भएका घटना र भ्रष्टचारका लागि छुट्टाछुट्टै आयोग बनाउनुपर्नेमा पार्टी प्रतिवद्ध रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?