
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनीका फोटा र भिडिओ उपलब्ध गराउन अनुरोध गरेको छ।
- जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको बताइएको छ।
- आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, राष्ट्रपति कार्यालय, नेताहरुका घर र मार्टहरुमा तोडफोड र आगजनी भएको थियो।
२७ भदौ, काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट, आगजनीका फोटा, भिडिओहरु उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको छ ।
शुक्रबार एक सूचना गर्दै प्रहरी प्रधान कार्यालयले आन्दोलनका क्रममा भएका अप्रिय घटनासम्बन्धी सूचना तथा तस्बिर र भिडिओहरु पठाउनेको नाम गोप्य राखिने बताएको छ ।
जेनजी आन्दोलन उग्र बन्दा अहिलेसम्म ५१ जनाको ज्यान गएको बताइएको छ । आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतदेखि जिल्ला अदालतहरु, राष्ट्रपति कार्यालय नेताहरुका घर, मार्टहरुमा तोडफोड र आगजनी भएको थियो ।
प्रहरीका कार्यालय जलाउनुका साथै हतियार, बर्दी पनि लुटपाट भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4