+
+
Shares

जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै छौं : योगेश भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १७:१७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले भदौ २३ र २४ गतेका घटना र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमा आफूहरू रहेको फेसबुक स्टाटसमा उल्लेख गरे।
  • भट्टराईले मुलुकलाई निकास संवैधानिक बाटोबाटै दिनुपर्नेमा जोड दिएका छन्।

२७ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले जेनजी प्रदर्शन र भ्रष्टाचार छानबिन आयोग बनाउने पक्षमै आफूहरू रहेको बताएका छन् ।

फेसबुक स्टाटस मार्फत् भट्टराईले दुवै आयोग बनाउने पक्षमै रहेको प्रष्ट पारेका हुन् । ‘हामी भदौ २३ र २४ गते भएका घटना र भ्रष्टाचार सम्बन्धमा निष्पक्ष र न्यायिक छानबिनको पक्षमा छौं’, भट्टराईले लेखेका छन् ।

तर संवैधानिक बाटो मार्फत् नै मुलुकलाई निकास दिनुपर्नेमा जोड दिएको उनले उल्लेख गरेका छन् । ‘हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो’, भट्टराईले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?