+
+
Shares

लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

महासंघले कानुनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले जेनजी प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
  • महासंघले कानुनसम्मत व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरेको छ।
  • महासंघले सरकार, राजनीतिक दल र जेनजीसँग अपील गर्दै लगानी र रोजगारी प्रवर्द्धनका लागि अनुकूल वातावरण बनाउन आग्रह गरेको छ।

२७ भदौ, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभरि जेनजी पुस्ताले गरेका प्रदर्शनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

महासंघ अध्यक्ष सीताराम न्यौपानेले विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरिएको छ ।

महासंघले कानुनसम्मत रूपमा व्यवसाय गर्ने नागरिक अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उद्योगीहरूको लगानीलाई कानुनी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै रोजगारी, स्वरोजगारी र सर्वसाधारणले तिरेको राजस्वको सदुपयोगबारे युवा पुस्ताले देखाएको चासोलाई सरकार, राजनीतिक दल र सम्बन्धित निकायले संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेको छ ।

देशको विद्यमान परिस्थितिमा जेनजी, नेपाली सेना प्रमुख, स्वतन्त्र नागरिक समाजका अगुवा तथा सुरक्षा निकाय संविधान रक्षा गर्दै आगामी दिनमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित गर्ने विश्वास समेत महासंघले प्रकट गरेको छ ।

उद्योग–व्यवसाय सञ्चालन गरेर खान पाउने अधिकार संविधानले प्रदान गरेको अधिकार भएको उल्लेख गर्दै महासंघले लगानी, रोजगारी, आम्दानी र राजस्वको सुरक्षा राज्यले गर्नुपर्ने आग्रह गरेको छ । ‘सामाजिक न्यायसहित उच्च आर्थिक वृद्धिको वातावरण बनाएर मात्र मर्यादित रोजगारी र उच्च ज्याला सम्भव हुन्छ,’ विज्ञप्तिमा छ ।

महासंघले मुख्य पर्यटकीय मौसममा नेपालबारे विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सबै पक्ष संयमित भई संवाद र सहकार्य मार्फत अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

त्यस्तै महासंघले यस्ता घटना दोहोरिन नदिन सरकार, सम्पूर्ण राजनीतिक दल र जेनजीसँग अपील गर्दै युवाको चाहना अनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेसा–व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्ने र लगानी तथा रोजगारी प्रवर्द्धनका लागि अनुकूल वातावरण बनाउन राज्यलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?