
२७ भदौ, काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत संगठनहरूको सञ्जाल(पापड)ले संवैधानिक संरचनाहरु यथावत राखी मुलुकलाई निकाय दिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।
पापडले शुक्रबार एक विज्ञप्ति जारी गरी युवाहरुले सरकार परिवर्तनको माग गरे.को र त्यो प्रारम्भ भइसकेको अवस्थामा उनीहरुको माग अनुसार नै संवैधानिक बैधता कायम राख्न माग गरेका हुन् ।
उनीहरुले तत्काल राष्ट्रिय सरकारको गठन अघि बढाउन माग गर्दै लोकतान्त्रिक मूल्यमान्यता विपरित कुनै पनि प्रक्रिया आफूहरुलाई मान्य नहुने चेतावनी दिएका हुन् । संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिका विपरितका काम भए प्रतिरोध गर्ने उनीहरुको चेतावनी छ ।
मुलुकका विभिन्न पक्षले लामो संघर्ष गरेपछि लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशी जस्ता उपलब्धी हासिल गरेको भन्दै उनीहरुले कुनै पनि बाहनामा तिनीमाथि सम्झौता गर्न नसकिने औल्याएका हुन् ।
सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज बनाउने युवाको माग सम्बोधन हुनुपर्ने भन्दै उनीहरुले मुलुकलाई भूराजनीतिक चपेटाबाट जोगाउन पनि माग गरेका छन् ।
हेर्नुहोस् पापडको विज्ञप्ति :
प्रतिक्रिया 4