+
+
Shares

शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले भने- तपाईं सफल हुनुहोस्, देश सफल होस्

प्रधानमन्त्री कार्कीलाई ताजा जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी प्राप्त छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २७ गते २२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौ, काठमाडौंमा राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराएका थिए र सफलताको शुभकामना दिएका छन्।
  • कार्कीलाई संविधानको धारा ६१ अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ र उनले ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी पाएकी छन्।

२७ भदौ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज एक समारोहबीच पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शपथ गराए। शपथपछि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दिँदै राष्ट्रपतिले भने, ‘धेरै धेरै बधाई छ। धेरै धेरै शुभकामना। तपाईं सफल हुनुहोस्। देश सफल होस्।’

जेनजी पुस्ताको आह्वानमा चलेको दुई दिने आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्कीलाई ताजा जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी प्राप्त छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?