
२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले संसद विघटन हुनुमा राजनीतिक दलका प्रमुख नेताहरु जिम्मेवार रहेको बताएका छन् । इतिहासले यसको मूल्यांकन गर्ने उनको भनाइ छ ।
संसद विघटन गर्ने सर्तसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज प्रधानमन्त्री पदको शपथ ग्रहण गरेलगत्तै पूर्वमन्त्री शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
शर्माले फेसबुकमा लेखेका छन्, संसद विघटन हुनुमा दलका प्रमुख नेताहरु जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरुको लागि यो ठूलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्यांकन गर्ने छ ।
शर्माले प्रमुख दलका नेताहरु भनेर संसदका ठूला दलहरु क्रमश: नेपाली कांग्रेस, नेकपा एमाले र आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका नेतृत्वप्रति लक्षित गरेका छन् ।
आजै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति निकालेर संसद विघटनप्रति गम्भीर असहमति रहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया 4