
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले जेनजी आन्दोलनपछि नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरुलाई भैरवनाथ गणबाट छोड्न थालेको छ।
- सेनाले सुरक्षाका लागि नियन्त्रणमा लिएका मन्त्रीहरुको मोबाइल चलाउन रोक लगाएको थियो।
- सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएका मन्त्रीहरुलाई मोबाइल चलाउन दिइएको थियो।
२८ भदौ, काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले सुरक्षार्थ ब्यारेकमा लगेको थियो ।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो ।
त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आज छोडेको छ ।
सुरक्षाका लागि भनेर सेनाले ब्यारेकमा राखेकाहरूलाई मोबाइल चलाउन रोक लगाएको थियो ।
तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो ।
आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।
प्रतिक्रिया 4