
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'डेमन स्लेयर'को रोकिएको सबै टिकटको रकम वितरक एप्पल इन्टरटेनमेन्टले फिर्ता गर्ने भएको छ।
- एप्पलकी विपश्याना श्रेष्ठले हल खुलेको २४ घण्टामा टिकटको पैसा फिर्ता हुने बताउनुभयो।
- चलचित्र संघले सुरक्षाका सर्तसहित हल खोल्ने तयारी गरिरहेको छ र नयाँ शो सार्वजनिक गर्ने योजना छ।
काठमाडौं । जेनजी आन्दोलनको कारण रोकिएको फिल्म ‘डेमन स्लेयर’को बिक्री भैसकेका सबै टिकटको रकमलाई वितरक एप्पल इन्टरटेनमेन्टले फिर्ता गर्ने भएको छ ।
एडभान्स टिकट विक्रीमा दुई दिनको लागि उक्त फिल्मका ८० लाख रुपैयाँको टिकट विक्री भएका थिए । एप्पलकी विपश्याना श्रेष्ठले हल खुलेको २४ घण्टामा टिकटको पैसा फिर्ता हुने बताइन् ।
चलचित्र संघले सुरक्षाका केही सर्तसहित हल खुलाउने तयारी गरिरहेको छ । यसको औपचारिक निर्णय हुन बाँकी छ ।
सो फिल्मको पुरानो टिकटको पैसा फिर्ता गरेर पुनः नयाँ शो सार्वजनिक गर्ने तयारी एप्पलको छ । जेनजी आन्दोलन चर्किएपछि क्यूएफएक्सले टिकटको पैसा फिर्ता गर्ने निर्णय गरेको थियो ।
बहुप्रतीक्षित मानिएको जापानी एनिमे सिरिज ‘डेमन स्लेयर’ अन्य मुलुकमा भने रिलिज भैसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4