 
																			३० भदौ, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवरुद्ध सेवा आजदेखि सुरुआत गरेको छ । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी हुँदा सेवा अवरुद्ध भएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार तोडफोडका कारण कार्यालयमा विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको थियो । मर्मत गरेर कार्यालयका सेवा थालिएको उनले बताए ।
तोडफोड र आगजनीका कारण नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानीसँग सम्बन्धित सबै काम अवरुद्ध भएका थिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                Insert%20Rename%20Macros.jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4