+
+
Shares

न्यूयोर्क फेसन विकमा ‘राल्फ लरेन’को पहिरनमा देखिए प्रियंका-निक (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका चोपडा र उनका गायक पति निक जोनसले सेप्टेम्बर १० मा न्यूयोर्क फेसन विकमा राल्फ लरेनको पोशाकमा सहभागी भएर सबैको ध्यान खिचेका छन्।
  • प्रियंकाले पति निकसँग पोज दिँदै पापाराजीलाई 'नमस्ते' भनेकी छिन् र उनको यो शैली भाइरल भएको छ।
  • यी दम्पतीको प्रेमकथा सन् २०१७ को मेट गालाबाट सुरु भएर २०१८ मा इन्गेजमेन्ट र गतवर्ष भारतमा विवाह गरी मालती नामकी छोरी छिन्।

न्यूयोर्क । अभिनेत्री प्रियंका चोपडा र उनका गायक पति निक जोनसले न्यूयोर्क फेसन विकमा भाग लिए । यो जोडी केवल फेसन शोको हिस्सा मात्र बनेन, दम्पतीबीचको हार्दिक सम्बन्धको सन्देश पनि दिए ।

सेप्टेम्बर १० मा यो जोडीले राल्फ लरेनको पोशाकमा आफूलाई पेश गरे । उनीहरूले सबैको ध्यान खिचे । दुवैले खैरो रङको पहिरन लगाएका थिए । उनीहरूको यो भिडियो भाइरल बनिरहेको छ ।

भिडियोमा प्रियंकालाई पति निकसँग पोज दिइरहेको देखिएको छ । त्यहाँबाट निस्कनुअघि उनले पापाराजीलाई ‘नमस्ते’ भन्छिन् । उनको यो शैली लोकप्रिय भएको छ । भिडियो भाइरल छ ।

प्रियंका र निकको प्रेमकथा सबैलाई थाहा छ । यी दुईको पहिलो भेट सन् २०१७ मा मेट गालामा भएको थियो । त्यसपछि यी दुईको भेटघाटले प्रेमको रुप लियो ।

जुलाई २०१८ मा उनीहरूले ग्रीसमा इन्गेजमेन्ट गरे । गतवर्षको डिसेम्बरमा भारतमा विवाह भयो । उनीहरूको मालती नामकी एक प्यारी छोरी छिन्, जसको जन्म सरोगेसीमार्फत भएको थियो ।

सेप्टेम्बर ११ देखि सुरु भएको यसवर्षको न्यूयोर्क फेसन विक मंगलबारसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?