
News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो।
- मन्त्री अर्यालले अब विवाद गरेर पछि फर्किन नहुने धारणा राख्दै सुरुवात गरेर निर्वाचनबाट थप प्रमाणीकरण गर्नुपर्ने उल्लेख गर्नुभयो।
- उनले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका संरचनाहरु बनाउनमा रहेको र मुलुकलाई दीर्घकालीन सही बाटोमा लैजानुपर्ने बताउनुभयो।
३० भदौ, काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले क्षति भए पनि आन्दोलनले ऐतिहासिक अवसरको ढोका खोलेकोले अब विवाद अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् ।
मन्त्रीको पदभार ग्रहण गरे लगत्तै सोमबार गृह मन्त्रालयमा उनले सञ्चारकर्मीहरुसँग अब विवाद गरेर पछि फर्किन नहुने धारणा राखे ।
‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ। अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणीकरण गर्न लाग्नुपर्छ ।’
उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सही बाटोमा लैजानुपर्ने बताए ।
उनले अहिले सरकारको मुख्य प्राथमिकता राज्यका तीनवटै अंगका संरचनाहरु नभएकाले राज्य भन्न लायक गरी ती संरचना बनाउनमा हुने बताए ।
प्रतिक्रिया 4