+
+
Shares

आलोचनापछि भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट हटाए भ्रामक र उत्तेजक सूचना

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १६:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युट्युबर भाग्य न्यौपानेले जेनजी प्रदर्शनका क्रममा भ्रामक सूचना फैलाएको आरोपपछि सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्।

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भ्रामक तथा उत्तेजक सूचना फैलाएको भनी चर्को आलोचना हुन थालेपछि युट्युबर भाग्य न्यौपानेले ती सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्।

२३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनका विषयमा उनले आफ्ना फेसबुक पेज र टिकटक ह्यान्डलमा थुप्रै भ्रामक भिडिओ पोस्ट गरेका थिए।

न्यौपानेमाथि प्रदर्शनका क्रममा विभिन्न मिथ्या सूचना फैलाएर भीडलाई उत्तेजित बनाएको आरोप लागेको छ । संसद् भवनभित्र ३२ जनाको शव भेटिएको, जेल तोडेर रवि लामिछानेलाई निकाल्नुपर्ने जस्ता भ्रामक र उत्तेजना भनाइसहितको भिडियो उनले पोस्ट गरेका थिए ।

यति मात्र नभई उनले झापामा ४० केजी, ८० केजी हुँदै दुई बोरा सुन र चाँदी भेटिएको जस्ता आधारहीन सूचना राख्दै भिडिओ बनाएका थिए । त्यसैगरी काठमाडौंको हिल्टन होटेल र दमकको भ्यु टावरमा आगलागी हुँदा खुसियाली मनाउँदै भिडिओ बनाएको भन्दै उनको आलोचना भएको थियो ।

सामाजिक सञ्जालमा चर्को आलोचना र विवाद बढेपछि न्यौपानेले आफ्ना भिडिओ हटाएका हुन् । उनले आफ्नो बचाउमा ‘स्थानीय सञ्चारमाध्यममा आएका समाचारका आधारमा बोलेको’ भनी स्पष्टीकरण दिएका छन् । तर, भिडिओमा उनले कुनै सञ्चारमाध्यमलाई स्रोतका रूपमा उल्लेख गरेका थिएनन्, बरु आफैँले देखेको जसरी घटनाको विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?