+
+
Shares

जेभियर इन्टरनेशनल कलेजमा यसरी भयो तोडफोड र लुटपाट (भिडियो)

कलेजको ४० वटा कम्प्युटर र ३१ वटा आईसीटी बोर्ड कोही फुटाएका छन् भने कोही उनीहरूले लिएर गएका छन् । सवारी साधनको पनि सिसा फुटाएका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ ३० गते १८:१८

३० भदौ, काठमाडौं । काठमाडौंको कलोपुलस्थिति जेभियर इन्टरनेशनल कलेजमा गत भदौ २३ र २४ गते जेनजीहरूको आन्दोलनको क्रममा तोडफोड र लुटपाट भयो ।

स्थानीयले आगजनी गर्न नदिएपछि अराजक समूहले तोडफोड र लुटपाट गरेको हो ।

‘६०–६५ जनाको जत्था आएको थियो । जबर्जस्त भित्र छिरेर तोडफोड गरे । आगो लगाउने प्रयत्न पनि गरेका थिए तर स्थानीयले रोकेपछि लुटपाट र तोडफोड गरेर गए,’ कलेजका कर्मचारी सुजन बस्नेतले भने ।

उनका अनुसार अराजक समूहले कुर्सी, टिभी, लगायतका महत्त्वपूर्ण सामग्री लुटेर लगेका छन् ।

कलेजको ४० वटा कम्प्युटर र ३१ वटा आईसीटी बोर्ड कोही फुटाएका छन् भने कोही उनीहरूले लिएर गएका छन् । सवारी साधनको पनि सिसा फुटाएका छन् ।

लुटपाट र तोडफोड गर्नेको पहिचान भएको छैन । कानुनी प्रक्रियामा जाने कलेजले जनाएको छ । कलेजमा हाल २ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

‘भौतिकरूपमा अहिले कक्षा चलाउने अवस्था छैन । अनलाइनबाट पढाउन सुरु गरेका छौँ । कानुनी प्रक्रियामा गएपछि सरसफाइ गरेर भौतिकरूपमा कक्षा चलाउछौँ,’ उनले भने ।

फोटो/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?