+
+
Shares

दोब्बर बढ्यो शोधनान्तर स्थिति, झन् घट्यो एफडीआई

साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३० गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को साउनमा मुलुकको शोधनान्तर स्थिति दोब्बरले बढेर ८९ अर्ब ३० करोड रुपैयाँ बचतमा पुगेको छ।
  • साउनमा रेमिट्यान्स ३० प्रतिशत र निर्यात ९५ प्रतिशतले बढेको हुँदा शोधनान्तर स्थितिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
  • चालु आव साउनसम्म प्रत्यक्ष वैदेशिक लगानी ६९ करोड रुपैयाँ भित्रिएको छ जुन गत आवको ८० करोडभन्दा कम हो।

३० भदौ, काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो महिना साउनमा मुलुकको शोधनान्तर स्थिति दोब्बरले बढेको छ ।

रेमिट्यान्स आप्रवाहसँगै निर्यातमा समेत सुधार आएपछि शोधनान्तर स्थितिमा उच्च सुधार देखिएको हो ।

साउनमा करिब ३० प्रतिशतले रेमिट्यान्स बढेको छ । त्यसैगरी ९५ प्रतिशतले निर्यात बढेको छ । साथै, आयात ११ प्रतिशतले मात्रै बढे पनि हुनाले शोधनान्तर स्थितिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव साउनमा ६४ करोडले बचतमा छ ।

चालु आव चालु खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता चालु आव साउनमा ५६ करोडले बचतमा छ ।

चालु आव साउनसम्मको खुद पूँजीगत ट्रान्सफर १ अर्ब ४ करोड छ । गत आव सोही अवधिमा २२ करोड थियो ।

यसैगरी साउनमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत आव सोही अवधिमा ८० करोड बराबर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?