+
+
Shares

दरबारमार्ग, नयाँबानेश्वर, कालीमाटी र साँखु प्रहरीलाई कम्प्युटरसहितका सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३१ गते १६:०९

३१ भदौ, काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा आगजनी भएका काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरुलाई दाताहरुले सहयोग गर्ने क्रम जारी छ ।

यसैक्रममा नासा सेक्युरिटीज ब्रोकर नम्बर ५८ ले दरबारमार्ग प्रहरीलाई तीन सेट कम्प्युटर, तीन सेट प्रिन्टर र तीन सेट टेबल कुर्सी सहयोग गरेको छ ।

व्यक्तिगत रुपमा सेयरबजारका लगानीकर्ता छोटेलाल रौनियारले कालीमाटी प्रहरी कार्यालयलाई सहयोग गरेका छन् । उनले पनि तीन-तीन सेट कम्प्युटर, प्रिन्टर र टेबल कुर्सी सहयोग गरेका हुन् ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष ध्रुव मानन्धर, धर्मशरण मानन्धर लगायत सहभागी थिए ।

यसैगरी पठाओ नेपालले नयाँबानेश्वर प्रहरीलाई र जोय नेपाल फाउन्डेसनले स्वयम्भु प्रहरी कार्यालयलाई सहयोग गरेका छन् । उनीहरुले पनि तीन–तीन सेट कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी सहयोग गरेको जनाएका छन् ।

यस्तै मिलारेपा मेडिटेसन भिलेज प्रालिले साँखु प्रहरीलाई ४० थान ब्ल्यांकेट र ५ थान ग्याँस सिलिण्डर सहयोग गरेको छ ।

जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा प्रहरी कार्यालयहरु क्षतिग्रस्त भएका छन् । कतिपय प्रहरीहरुले आफूले लगाएको लुगाबाहेक केही पनि जोगाउन सकेका छैनन् ।

सामाजिक सुरक्षाका लागि प्रहरीहरु पुनर्स्थापना जरुरी भएकाले उनीहरुलाई विभिन्न व्यक्ति र संस्थाबाट सहयोग गर्ने क्रम जारी छ । कतिपयले प्रहरी चौकी सरसफाइ र रंगरोगन गरेर पनि सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?