+
+
Shares

नापतौल विभागले भन्यो- प्रदर्शनका क्रममा लुटिएका सामान फिर्ता गर

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल गुणस्तर तथा नापतौल विभागले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा हराएका विभिन्न महत्त्वपूर्ण सामग्री फिर्ता गर्न अनुरोध गरेको छ।
  • विभागले डेक्सटप, हार्ड डिस्क, ल्यापटप, फ्रिज, कुर्सी, टेबल, कम्प्युटर सेट, हिटर, पंखा र वैज्ञानिक उपकरण फिर्ता गर्न भनेको छ।
  • सचेत नागरिकलाई घरमा लिएर गएका सामग्री विभागको सुरक्षा गार्डसमक्ष बुझाउन अनुरोध गरिएको छ।

२ असोज, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा विभागको कार्यालय परिसरबाट हराएका वा लगिएका विभिन्न महत्त्वपूर्ण सामग्रीहरू फिर्ता गर्न अनुरोध गरेको छ ।

विभागले बिहीबार एक सूचना जारी गर्दै उक्त प्रदर्शनका बेला विभागका डेक्सटप, हार्ड डिस्क, ल्यापटप, फ्रिज, कुर्सी, टेबल, कम्प्युटर सेट, हिटर, पंखा र विभिन्न वैज्ञानिक उपकरणहरूलगायतका महत्त्वपूर्ण सामग्रीहरू फिर्ता गर्न अनुरोध गरेको हो ।

विभागले यी सामग्रीहरू सुरक्षित गर्ने मनसायले घरमा लिएर गएका सचेत नागरिकहरूलाई विभागको परिसरमा रहेका सुरक्षा गार्डसमक्ष बुझाइदिन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?