+
+

सिरहामा ट्रकको ठक्करबाट एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते १०:२२

२१ साउन, सिरहा । सिरहामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको चन्द्रोदयपुर-८ मा पूर्वतर्फ जाँदै गरेको ना. ४ ख ८५०७ नम्बरको ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नाम र ठेगाना भने खुलेको छैन । ठक्कर दिने ट्रकका चालक फरार भएका रहेका छन् । ट्रकलाई भने इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?