+

केनको ह्याट्रिकमा बायर्नको शतप्रतिशत जित

२०८२ असोज  ५ गते १४:०५ २०८२ असोज ५ गते १४:०५
केनको ह्याट्रिकमा बायर्नको शतप्रतिशत जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बायर्न म्युनिखले होफेनहेइमलाई ४-१ ले पराजित गर्दै जर्मन बुण्डेसलिगामा शतप्रतिशत जित यात्रा कायम राखेको छ।
  • ह्यारी केनले पहिलो हाफको ४४औं, ४८औं र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
  • सर्ज जीनाब्रीले इन्जुरी टाइमको नवौँ मिनेटमा चौथो गोल गरेपछि बायर्न १२ अंकसहित शीर्ष स्थानमा छ।

५ असोज, काठमाडौं । ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई ४-१ ले पराजित गर्दे शतप्रतिशत जित यात्रालाई कायम राखेको छ ।

होफेनहेइमको मैदानमा भएको खेलमा केनले पहिलो हाफको ४४औं मिनेटमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । उनले ४८औं र ७७औं मिनेटमा पेनाल्टीबाट गोल गरी ह्याट्रिक पूरा गरे ।

यस सिजन केनको यो दोस्रो ह्याट्रिक हो । यस्तै सर्ज जीनाब्रीले इन्जुरी टाइमको नवौँ मिनेटमा बायर्नका लागि चौथो गोल गरे ।

होपेनहेइमका लागि भ्लादिमीर काउफलले ८०औं मिनेटमा एक गोल फर्काए ।

लगातार चौथो जित निकालेको बायर्न १२ अंकसहित शीर्ष स्थानमा छ । यसिजन बुण्डेसलिगामा शतप्रिशत जित निकाल्ने बायर्न मात्र एक्लो टोली हो ।

बायर्न म्युनिख बुन्डेसलिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय